Skip to content
Prabhu

विधान संशोधनका लागि महासंघको साधारणसभा आजदेखि, अध्यक्षको चुनाव कहिलेदेखि प्रत्यक्ष गर्नेमा विवाद

nabil

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संसोधनको लागि आजदेखि विशेष साधारणसभा काठमाडौंमा शुरु हुने भएको छ ।

महासंघको कार्यकारिणी समितिको बैठकले २०८८ सालदेखि अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने र पदाधिकारीको संख्या थप गर्ने प्रस्ताव गरेको छ। यसलाई महासंघको विशेष साधारणसभाले पास गरेपछि मात्र लागू हुने छ । महासंघको कार्यकारिणी समितिको बैठकले २०८२ सालमा बरिष्ठ उपाध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने र यसरी चुनिएको व्यक्तिले २०८५ सालदेखि अध्यक्षको कार्यकाल शुरु गरेर २०८८ सालमा सकेपछि मात्र अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव छ ।

महासंघको अहिलेको विधान अनुसार २०८२ सालदेखि अहिलेका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बन्नेछन् । महासंघमा २०८५ सालको अध्यक्ष बन्नको लागि २०८२ सालमा बरिष्ठ उपाध्यक्षको निर्वाचनको लागि अहिलेका उपाध्यक्ष हेमराज ढकाल,उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ तथा पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघाई तयारी गरेका छन् । यद्यपी महासंघ राजनीतिमा सक्रिय व्यवसायीहरुका अनुसार प्रतिस्पर्धा संघाई र ढकालबीच हुने देख्छन् ।

बरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु २०८८ सालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने पक्षमा छन् भने अरुले अञ्जन श्रेष्ठको कार्यकाल सकिएपछि २०८५ देखि नै अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्नुपर्ने पक्षमा छन् । महासंघको विशेष साधारणसभाले विधान संसोधन पास गरेपछि मात्र लागू हुने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal