काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज एकै दिन २ हजारभन्दा बढीले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्