काठमाडौं । एक करोड भन्दा बढीको कारोबार गर्ने व्यवसायीहरुले आर्थिक वर्ष २०८०/८१ को आय विवरण पेश गर्ने समय थप भएको छ । आन्तरिक राजस्व विभागको मंसिर २३ गतेको निर्णय अनुसार आय विवरण पेश गर्ने समय पुस मसान्तसम्मका लागि थप गरिएको हो ।
विभागले निजी क्षेत्रका व्यवसायिक संस्थाका छाता संगठनहरु तथा करदाताहरुबा समेत समय थप गरिदिन अनुरोध गरेको भन्दै पुस मसान्तसम्ममा दाखिला गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । आयकर ऐन, २०८५ को दफा ९६ (१) मा प्रत्येक व्यक्तिले आय आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र दफा ९७, ९८ र १०० को अधिनमा रही दाखिला गर्नु पर्ने व्यवस्था छ । त्यस्तै सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएको खण्डमा म्याद थप गर्नु पर्ने मनासिफ कारण भएको खण्डमा विभागले एकै पटक वा पटक पटक गरी तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था रहेको छ ।
यस अघि विभागले २०८१ को असोज ४ गतेको निर्णय अनुसार २५ करोडसम्मको कारोबार गर्ने करदाताहरु र कारोबार भएका निकायको सम्बन्धमा मंसिर मसान्तसम्म र २५ करोड भन्दा मबढीको कारोबार गर्ने करदातालाई पुस २० गतेसम्म आय विवरण पेश गर्न पाउने भनि निर्णय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्