Skip to content

जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन

nabil bank

काठमाडौं । जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोच नगरिएको छ । धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा विमोचन गरिएको हो ।

स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराजको सान्निध्यमा एवं महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्य र पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. श्री गोविन्द टण्डनको विशिष्ट आतिथ्यमा गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको तत्वावधानमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा गीता जयन्ती कार्यक्रम गीता माताको आराधना, विभिन्न स्कुलका विद्यार्थीहरु र गीता साधकहरुको सहभागीतामा गीताको १८ अध्यायको पाठ एवं गीता प्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरी भव्य रुपमा मनाइएको हो ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।

उनले उक्त अवसरमा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भइरहेको र गीताप्रेस नेपालको स्थापना पछि हाल सम्म ५५ भन्दा बढ़ी पुस्तकहरु नेपाली भाषामा अनुवादित भएको र १८ पुराणलाई नेपाली

भाषामा प्रकाशित गराउने लक्ष्यसहित आजको दिनसम्म श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुरण, विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको र मत्स्यमहापुराण, लिङ्गपुराण, शुक सुधा सागरको नेपाली संस्करण आउने जानकारी गराएका थिए ।

कार्यक्रममा पुशपतिनाथकामूल भट्ट गणेश रावलले आशिर्वाद प्रदान गरेका थिए । यसै गरी मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले मन्तव्य दिएका थिए । कार्यक्रममा स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराज र प्रमुख अतिथि परमहंस परिव्राजकाचार्य श्रोत्रियब्रह्मनिष्ठ निरञ्जन पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना एवं मार्गदर्शन दिएका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन डा. वासुदेवकृष्ण शास्त्रीले गरेका थिए । कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime