काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ३५ हजार ३ सय १ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
सो बैंकले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएपछि बैंकले सर्वसाधारणमा बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
सो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्