Skip to content

रावा इनर्जीको साधारणसभा पुस १६ गते

nabil bank

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आफ्नो ५ औँ साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठककले पुस १६ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।

साधारणसभा बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजे बस्नेछ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र रिक्त सञ्चालक पदमा निर्वाचन गर्ने लगायतका प्रस्ताव सभामा पेश गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा पुस १ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime