Skip to content
Prabhu

आगामी वर्ष पाँच अर्ब यात्रुले विमान चढ्ने, एक ट्रिलियन डलर आम्दानी हुने

एजेन्सी । अन्तर्राष्ट्रिय हवाई यातायात संघले आगामी वर्ष विश्वको एयरलाइन्स उद्योगले एक ट्रिलियन डलरभन्दा बढी आम्दानी गर्ने प्रक्षेपण गरेको छ । मंगलबार एक वयान जारी गर्दै संघले आगामी वर्ष विश्वका हवाई यात्रुको संख्या ५ अर्ब पुग्ने भएकाले नयाँ कीर्तिमान कायम हुने अनुमान गरेको हो ।
global
अर्घाखाँची सिमेन्ट
संघले आगामी वर्ष हवाई यात्राबाट प्रति यात्रु औसत मुनाफा करिब सात डलर पुग्ने प्रक्षेपण गरेको छ, जुन १८ महिना अघिको मात्र २.२५ डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । यस वर्ष प्रति यात्रु मुनाफा ६.४० डलर पुग्ने अनुमान गरिएको छ ।
कोभिड–१९ महामारीका कारण तीन वर्षसम्म लगातार घाटा व्यहोरेको तत्कालीन समयमा यो उद्योगले १८७ अर्ब डलर घाटा बेहोरेको थियो । यात्रा प्रतिबन्धहरू हटेपछि यात्रा मागमा आएको उल्लेखनीय वृद्धि र कतिपय विमान सेवाहरूले टिकट मूल्य बढाउन सकेकाले यस उद्योगको मुनाफा छिट्टै पुनःस्थापित भएको हो ।
मध्यपूर्वका एअरलाइन्सले आगामी वर्ष प्रति यात्रु  २४ डलर मुनाफा गर्दै अग्रता लिने अपेक्षा गरिएको छ भने अमेरिकी एअरलाइन्सले १२ डलर र युरोपेली एअरलाइन्सले ९ डलर मुनाफा गर्ने प्रक्षेपण छ । अफ्रिका, ल्याटिन अमेरिका र एसिया–प्यासिफिक क्षेत्रका एअरलाइन्स भने औसतभन्दा कम मुनाफा गर्ने देखिएको छ ।
यसअघि नै ्ररेकर्ड गरिएका टिप्पणीहरूमा, संघकाका महानिर्देशक विली वाल्शले ठूलो आम्दानीको तथ्याङ्कलाई राम्रो र ठूलो समाचार भनेका छन् । तर, उनले उद्योगभरको शुद्ध मुनाफा अझै पनि सामान्य हुने बताए, जुन ३६.६ अर्ब डलर हुने प्रक्षेपण छ । साथै, एयरबस र बोइङजस्ता विमान निर्माताहरूको ढिलाइले लागतमा उल्लेखनीय प्रभाव पारिरहेको उनको भनाइ थियो ।
विमानको लगातार अभावले गर्दा पुराना, कम इन्धन–कुशल विमानहरूलाई लामो समयसम्म उडानमा राख्नुपरेको छ, जसले सञ्चालन र मर्मत खर्च बढाएको र वातावरणमा नकारात्मक असर पारेको छ ।
विश्वव्यापी द्वन्द्वहरूले पनि लागत बढाइरहेको छ, किनभने व्यापारिक उडानहरूको लागि हवाई क्षेत्र बन्द हुँदा उडानहरू लामो मार्ग अपनाउनुपर्ने बाध्यता आएको छ। यसले ढिलाइका साथसाथै कम हवाई क्षेत्र उपलब्ध गराउँदा उडान सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।
संघका अनुसार, संयुक्त राज्य अमेरिकामा सरकार परिवर्तन भएमा सन् २०५० सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने उद्योगको प्रयासमा अवरोध आउन सक्छ ।
“बाइडेन प्रशासनअन्तर्गत देखिएका फाइदाहरू ट्रम्प प्रशासनअन्तर्गत जारी नरहन सक्छन् भन्ने जोखिम छ,” वाल्शले भने । उनले दिगो उड्डयन इन्धनको उत्पादनका लागि हालैका कर छुटहरूको उदाहरण दिए ।
वैज्ञानिकहरूका अनुसार, विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०५० सम्ममा शून्यमा झार्न आवश्यक छ, ताकि ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जान दिन हुँदैन । उड्डयन क्षेत्रले विश्वव्यापी कार्बन उत्सर्जनको २.५ प्रतिशत भाग ओगट्छ ।
त्यसैगरी मंगलबार, अलास्का एयर ग्रुपले आफ्नो आधार सिएटलबाट टोकियो र सियोलसम्मको पहिलो उडान सुरू गर्ने घोषणा ग¥यो । सेप्टेम्बरमा हवाईयनको अभिभावक कम्पनी अधिग्रहण गरेको यो समूहले सन् २०२७ सम्ममा ४१ अर्ब डलर अतिरिक्त मुनाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal