काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ५४ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्