काठमाडौं । पुस ५ गतेदेखि महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ ।
उक्त कम्पनीले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।
सर्वसाधारणले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सय रुपैयाँकै दरले कम्पनीले एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्