काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको ३८ औँ साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको हो ।
साधारणसभाले बैंकका सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयर सहित २५.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्