Skip to content
Prabhu

दैनिक प्रशासनिक कार्यगर्ने गरी निर्देशक रेग्मीलाई बीमा प्राधिकरणको नेतृत्व

nabil

काठमाडौं । बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरण दैनिक प्रशासनिक कार्य गर्नका लागि निर्देशक कमल प्रसाद रेग्मीले नेतृत्व लिएका छन् । प्राधिकरणका अध्यक्ष भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेको र कार्यकारी निर्देशक समेत खाली रहेको अवस्थामा रेग्मीले प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी लिएका हुन् ।

अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि प्राधिकरण नेतृत्व विहिन हुन पुगेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशन समेत नभएकोले केही अन्योलता रहेपनि निर्देशकहरु मध्येका सबैभन्दा बरिष्ठ रहेका रेग्मीले दैनिक प्रशासनिक कामहरु अघि बढाइरहेका छन् ।

प्राधिकरणका अनुसार बीमा प्राधिकरण कर्मचारी बिनियमावलीमा रहेको स्पष्ट व्यवस्था बमोजिम नै सबैभन्दा माथिल्लो पदमा रहेको व्यक्ति कार्यालय प्रमुख हुने व्यवस्था रहेको छ । सोही अनुसार रेग्मीले नेतृत्व सम्हालेका हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal