काठमाडौं । बुधबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको चौथो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४५ दशमलव ८८ अंकले बढेको हो ।
यो अघिल्लो दिनको भन्दा करिब २ प्रतिशत (१.७१ ) प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २७१५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७५ अंकले बढेर ४६४ दशमलव ६६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ उपसूचकको सेयर मूल्य भने घटेको छ ।
परिसूचक बढेको दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३०८ कम्पनीका १ करोड १३ लाख ८६ हजार ८४५ कित्ता सेयर ५६ हजार ३५० पटक खरिद बिक्री हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्