Skip to content
Prabhu

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । हिरो मोटोकोर्पले नेपालमा दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंबल गरिने कम्पनीले जानकारी दिएको छ ।

सार्वजनिकका अवसरमा हिरो मोटोकोर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने, ‘नेपालका परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेन्ज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हिरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ ।’

एक्स्ट्रिम १६० आर फोरभी

एक्स्ट्रिम १६० आर फोरभीमा १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन छ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ ।

यो मोटरसाइकलले ०–६० किमी रघण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने हुँदा प्रदर्शनको नयाँ स्तर निर्धारण गरेको छ । यसमा ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्सन छ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ ।

एक्स्ट्रिम १२५ आर

एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ मानक स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० किमी/घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित प्रदर्शनी दिन्छ । साथै, हिरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्छ ।

एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

यसको हल्का डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङ सुनिश्चित गर्छ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आराम प्रदान गर्दछ । यसको चौडा, फ्ल्याट ह्यान्डलबारले दैनिक यात्रा तथा रोमाञ्चक यात्राका दूबै अवस्थामा सहजताको सुनिश्चित प्रदान गर्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal