काठमाडौं । नेपाल राष्ट्र बैंकको दुईवटा विभाग थापाथलीमा सर्ने भएका छन् । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागलाई थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा सार्न लागिएको हो ।
पुस १ गतेदेखि यी दुई विभागका सम्पूर्ण सेवा थापाथलीबाटै सञ्चालन गरिने नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्