काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औँ वार्षिक साधारणसभा पुस १९ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सिन्धुपाल्चोकको मेलम्चीस्थित होटल मेलम्ची क्याफे इनमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
यस कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ ।
साथै अन्य एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थासँग मर्जरका लागि कम्पनी खोज्ने र मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाईृ अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्