काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले नेपाल बीमा प्राधिकरणको कायम मुकायम (कामु) अध्यक्षको कार्यभार सम्हालेका छन् । शुक्रबार प्राधिकरणमा उपस्थित भएर सहसचिव दाहालले कामु अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
अर्थमन्त्रालयले नीतिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव दाहाललाई अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी सहित प्राधिकरण पठाएको थियो । बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्