Skip to content

ईङवा हाइड्रोपावरको साधारणसभा पुस २४ गते

nabil bank

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको १५ औँ वार्षिक साधारणसभा पुस २४ गते बुधबारका लागि बोलाएको हो ।

कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारितका लागि पेश गरिनेछ भने चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारश्रमिक निर्धारण गरिनेछ । सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime