Skip to content
Prabhu

देउवा असहमत भएपछि मन्त्री परिवर्तन गर्ने ओलीको योजना ब्रेक, प्रधानमन्त्री फकाउँदै अर्थमन्त्री 

nabil
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि मन्त्रीमण्डल फेर्ने तयारीमा थिए ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसको समर्थनमा असार ३१ देखि प्रधानमन्त्रीको रुपमा छन्। सरकार बनेको ६ महिना भएपछि अर्थतन्त्रका समस्या तथा सरकारलाई अगाडि बढाउन मन्त्रीहरु प्रभावशाली नभएकोमा प्रधामन्त्री ओली असन्तुष्ट रहेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली शिक्षामन्त्री विद्या भट्टराईबाहेक एमालेका तर्फबाट मन्त्री भएकाहरुसँग असन्तुष्ट छन् । यसबाहेक कांग्रेसमा पनि परराष्ट्रमन्त्री आरजु राणा र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाहेक अरूसँग ओली असन्तुष्ट छन् ।
ठूलादलहरु नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार भए पनि अर्थतन्त्रमा सुधार नभएको तथा भौतिक पूर्वाधारले गति नलिएको कारण उनी अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजनामन्त्री देवेन्द्र दाहालसँग असन्तुष्ट छन् ।
प्रधानमन्त्री असन्तुष्ट भएको बुझेर केही दिन अगाडि अर्थमन्त्री पौडेलले ओलीलाई सबै बारेमा जानकार रहेको भन्दै आफ्नो सम्बन्ध नबिग्रेको दाबी गरेका थिए ।
तर, एमाले सम्बन्ध स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्थमन्त्रीबीच सम्बन्धमा केही चिसोपन भने आएको छ । अर्थमन्त्री पौडेलले पछिल्लो पटक आफ्नो स्पिडमा काम गर्न नसकेको गुनासो ओलीको छ ।
चीन भ्रमणपछि मन्त्री परिवर्तन गर्ने र प्रभावशाली भूमिका देखिएकालाई सरकारमा ल्याउने तयारी गरे पनि सरकारको साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कारण यो सम्भव भएन । देउवा अहिलेका मन्त्रीहरुहरुलाई सरकारमा निरन्तरता दिन चाहन्छन् । तत्काल मन्त्रीहरु परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै देउवा अहिले मन्त्रीहरु परिवर्तनको पक्षमा नरहेको स्रोतले जानकारी दियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal