Skip to content
Prabhu

बैंकर्स संघमा सहमति गराउन आज अध्यक्षसहित पूर्वअध्यक्षहरुले पहल गर्ने

nabil

काठमाडौं । नेपाल बैंकर्स संघमा सहमति गराउन अहिलेका अध्यक्ष सुनिल केसीसहित पूर्वअध्यक्षहरुले पहल गर्ने भएका छन् ।

संघको पुस ३ गते हुने साधारणसभाले २ वर्षको कार्यकालको लागि नयाँ अध्यक्ष चयन गर्ने छ । संघको अध्यक्ष बन्नको लागि अहिलेका उपाध्यक्ष सन्तोष कोइराला र कार्यसमितिका सदस्य अशोक शेरचनले उम्मेद्वारी दिएका छन् ।

संघमा २० जना सदस्य रहेको र बैंकिङ क्षेत्र समस्यामा रहेको हुँदा निर्वाचन गर्न नहुने पक्षमा पूर्वअध्यक्ष तथा अधिकाश सीईओहरु देखिएका छन् । संघमा यसअघि शसिन जोशी र अशोक राणाबीच निर्वाचन भएको थियो । त्यो बेलाको निर्वाचन राणाले जितेका थिए । त्यसपछि संघमा उपाध्यक्ष रहेका व्यक्ति अध्यक्ष बन्ने प्रचलन रहेको छ ।

सोही अनुसार माछापुच्छ्रे बैंकका सीईओ कोइरालाले उम्मेद्वारी दिएको बताएका छन् । तर,बैंकको सीईओको हिसाबले शेरचन बरिष्ठ हुन् । यस आधारले आफूले उम्मेद्वारी दिएको शेरचनले बताएका छन् ।

दुवै सीईओसँग निर्वाचनको बारेमा छलफल गरेका संघका एक पूर्वअध्यक्षले भने, ‘शेरचनजी र कोइरालाजी दुबैको तर्क ठिक भए पनि अहिले निर्वाचन गर्ने बेला नभएको हुँदा हामीहरु सहमतिको लागि निर्वाचन हुने दिनसम्म पहल गर्ने छौ।’

संघमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकका सीईओहरु सदस्य छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal