काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । कम्पनीको मंसिर २८ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा अर्याललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्यालको नियुक्ति माघ ३ गतेदेखि लागू हुने कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्