काठमडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको बैंकको सञचाल समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । बैंकको हाल चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्