Skip to content

राष्ट्रिय बीमा कम्पनीको साधारणसभा पुस २४ गते

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सभा पुुस २४ गते, बुधबारका दिन अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा आयोजना हुने भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३ /७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । त्यस्तै, सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा /नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।

अर्घाखाँची सिमेन्ट
Hyundai

महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने । महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने ।

सञ्चालकहरुको आर्थिक वर्ष २०७३/२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरु अनुमोदन गर्ने । सञ्चालकहरुको बैठक भत्ता ६ हजार तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्न स्वीकृत गर्ने । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १८ गतेदेखि २४ गतेसम्म बुकक्लाज गर्ने भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्