Skip to content

एनएमबि बैंकको साधारणसभा पुस २५ गते

काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २५ गतका लागि साधारणसभा बोलाएको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिबो बैठकले पुस २५ गते २९ औँ साधारणसभा गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण नगर्ने बैंकले उक्त सभामा गत आवको वित्तीय विवरण पारितका लागि र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यसका साथै प्रतिसेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, चुक्ता र अधिकृत पुँजी वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनार्थ बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन पाउने छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्