Skip to content

आशा लघुवित्तको नाफा ऋणात्मक

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड ३४ लाख १३ हजार पाँच सय सात रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ६४ लाख १८ हजार छ सय ३३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड ४३ लाख ६२ हजार ४६ रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ७९ करोड ९९ लाख २० हजार ९४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ८९ लाख १ हजार १७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ४.९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

वितरणयोग्य नाफा भने तीन करोड ६७ लाख ९२ हजार १३१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर ७.१० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २ अर्ब ८० करोड ३५ लाख ७१ हजार ६८० रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५५ करोड ५८ लाख ७७ हजार ७२२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ६ करोड २१ लाख २१ हजार छ सय ४६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ८.४६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा नौ करोड ८४ लाख ८९ हजार ६६८ रुपैयाँ रहेको संंस्थाको स्प्रेड दर भने ६.५४ प्रतिशत रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्