काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औँ वार्षिक साधारणसभाको मिति घोषाण गरेको छ । लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गतेका लागि साभारणसभाको मिति तोकेको हो ।
कम्पनीको साधारणसभा अग्रवाल भवन कमलपोखरीमा पुसर २६ गते बिहान ११ बजे बस्ने भएको छ । कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय गरिसकेको छ । सभामा उपयुक्त लघुवित्त पहिचान गरी मर्जरमा जानका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफ गरी पारितका लागि पेश गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्