काठमाडौं । आज नेप्सेमा सूचीकृत दुईवटा हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । यस दिन एशियन हाइड्रोपावर लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारणसभा बस्न लागेको हो ।
एशियन हाइड्रोपावरको छैठौं वार्षिक साधारणसभा सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजेदेखि शुरू हुनेछ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाका लागि गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएका छन् ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
त्यस्तै सामलिङ्ग पावरको कम्पनीको छैठौं वार्षिक साधारणसभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्