काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढीले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव २६ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसन पछि २६३३ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४२ अंकले बढेर ४५१ दशमलव ७१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीका ३ हजार ७७६ कित्ता सेयर ४३ पटक खरिद बिक्री हुँदा ३० लाख १८ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्