Skip to content

ठूलो खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन सहितको प्रस्ताव पारित गर्नका लागि पुस २३ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको साधारणसभा पुस २३ गते कालीमाटी व्यैङ्केटमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्न सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ । यसका साथै गत आवको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यसैगरी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, १ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्