Skip to content

नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका छन् ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधाकृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनत कुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठ छन् । उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाललगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नेपालका काठमाडौं मोरङ सुनसरी संखुवासभा संखुवासभा इलाम भोजपुर दोलखा सिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ । हाल देशभर चार सयभन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाखभन्दा बढी मानिसलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।
हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बर्द्धन र व्यावसायिक समृद्धिका लागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्