काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको आधारमा ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यो निर्णय बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीमा वितरण हुनेछ ।






प्रतिक्रिया दिनुहोस्