एजेन्सी । पछिल्ला दुई वर्षमा, भारतीय एयरलाइन्सहरुले विशेष गरी इन्डिगो र एयर इन्डियाले अन्तर्राष्ट्रिय उडानहरू थपेका छन् । जुन धेरै गन्तव्यहरूमा फैलिएका छन् । यसमा स्विट्जरल्यान्ड, नेदरल्याण्ड, उजबेकिस्तान, कजाखस्तान र अजरबैजानका गन्तव्यहरू समावेश छन् ।
यी एयरलाइन्सहरूले भारतलाई एक ट्रान्जिट हब बनाउन र आफ्नो व्यवसाय फैलाउनको लागि काम गर्दैछन् । यी एयरलाइन्सले विदेशी र भारतीय एयरलाइन्सबीचको जडानको खाँचो पूर्ति गर्न मद्दत गरेका छन् ।
भारतीय एयरलाइन्सको अन्तर्राष्ट्रिय स्तरमा वास्तविक विस्तार सन् २०२३ मा शुरू भएको हो । जब एयर इन्डिया टाटा समुहमा एक वर्ष पूरा भएको थियो । इन्डिगो पनि सोही समयमा आफ्नो विस्तारको मोडमा थियो र भिस्तारा एयरलाइन्सको भविष्य निश्चित रूपमा अब एयर इन्डियासँग रहने छ ।
मिड–२०१८ बाट, जेट एयरवेजले एकपछि अर्को समस्या भोग्न थाल्यो । तर इन्डिगो जस्ता भारतीय एयरलाइन्सहरूले विस्तारको अवसरलाई चाँडै समातेका थिए । भिस्तारा परिवारको विमानहरूले लामो दूरीको उडानको अवसर दिएपछि र स्पाइस जेटको एमएएक्स८ को सहायताले दुवै एयरलाइन्सले हङकङको उडान शुरु गरेका थिए ।
यसपछि इन्डिगोले भियतनामतर्फ उडान सुरु गर्यो । जुन ती दुई देश बीचको एकमात्र उडान थियो । महामारीको समयमा स्पाइसजेट संकटमा पस्यो । तर इन्डिगो अझ बलियो भएर । इन्डोनेशिया, मध्य एशियाली देशहरू, चीन र केन्यासम्मका उडानहरू सुरु भए । भिस्तारा जुन अहिले एयर इन्डियासँग मर्ज भएको छ, यसले पनि इन्डोनेशिया र मौरिससको उडानहरु शुरु गर्यो । महामारी पछि, एयर इन्डियाले युरोपका अधिकांश गन्तव्यहरूमा उडान फर्कायो ।
अहिले पनि १७ देशहरू यस्ता छन् जहाँ भारतीय एयरलाइन्सहरू उड्दैनन्, तर ती देशका एयरलाइन्सहरू उडान गर्छन् । तीमध्ये सबैभन्दा ठूलो रूस हो । जहाँ एयर इन्डियाले पहिले उडान गरिरहेको थियो । अहिले रूस र युक्रेन बीचको युद्ध र रूसमाथि लगाइएका प्रतिबन्धका कारण, रूसमा उडान सञ्चालन गर्न कडा समस्या छ । जसले बीमासम्बन्धी र अपरेसन खर्चहरू पक्कै बढाउनेछ ।
राजनीतिक अशान्ति र प्रतिबन्धहरूको कारण उडान सञ्चालन गाह्रो छ । यसमा इरान, इराक, म्यानमार, अफगानिस्तान र येमेन समावेश छन् । इराकी एयरवेजले बगदाद, बसरा र नजाफलाई भारतका विभिन्न स्थानहरूसँग जडान दिएको छ, जबकि तेहरानलाई मुम्बई र दिल्लीसँग जडान छ ।
प्रतिक्रिया दिनुहोस्