काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमध्ये ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्