काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही पुस २७ गते तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा. लि. मा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
सभामा चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ । साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ ।
त्यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, थप ऋण लिने र पाँच जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्