काठमाडौं । तेह्रथुम पावर कम्पनीले यही पुस २६ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा साढे १२ बजेदेखि सभा बोलाएको हो ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ ।
साधारणसभा प्रयोजनार्थ यस कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्