Skip to content
Prabhu

लिवर्टी इनर्जीको साधारण सभा पुस २५ गते, मर्जर मुख्य एजेण्डा

nabil

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साधारण सभाको मिति घोषणा गरेको छ । कम्पनीका पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गतेका लागि १५ औँ साधारणसभाको मिति घोषणा गरेको हो ।

साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनार्थ यस कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal