काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मा नेपाल राष्ट्र बैंकले १२४ अर्ब तरलना प्रशोचन गरेको छ। राष्ट्र बैंकले चालु आवको पहिलो ५ महिनाको अवधिमा १२४ खर्ब ४४ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब १२ अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ११३ खर्ब ३२ अर्ब रुपैयाँ गरी कुल १२४ खर्ब ४४ अर्ब रुपैैयाँ तरलता प्रशोचन गरेको छ । बजारमा पैसा बढी हुँदा त्यसको असरले अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरी बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए निक्षेप पठाएर प्रवाह बढाउने काम गर्छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन गर्दै आएको छ । यसबाहेक रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरेर पनि बजारबाट तरलता प्रशोचन गर्न सक्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा अहिले ६ खर्ब ५५ अर्ब रुपैयाँ बढी लगानीयोग्य पैसा छ । बैंकहरुको निक्षेप संकलन बढ्दै गएको छ । त्यस विपरित कर्जा विस्तार भने लक्ष्यअनुसार हुन सकेको छैन । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७८.८० प्रतिशत रहेको छ । यस्तै अन्तरबैंक ब्याजदर ३.०४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्