Skip to content

कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

nabil bank

काठमाडौं  । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ संस्थागत निक्षेपको रुपैयाँ बैंक तथा वित्तीय संस्थामा राख्न प्रस्ताव आह्वान गरेको हो ।

रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले यही पुस पाँच गतेसम्म निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी प्रस्ताव पेस गर्न सक्नेछन् । यसरी राखिने रकमको अवधि ३६६ दिन अर्थात् २०८१ पुस ९ गतेदेखि २०८२ पुस ९ गतेसम्म हुनेछ ।
लगानीको लागि छुट्याइएको कुुल रकममध्ये वाणिज्य बैंकहरूमा १६ करोड ८० लाख, विकास बैंकहरूमा ३ करोड १५ लाख र फाइनान्स कम्पनीहरूमा १ करोड ५ लाख रुपैयाँ छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात तोकिएको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू पनि तोकिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime