Skip to content

कृषि विकास बैंकको लाभांश घोषणा

nabil bank

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । साथै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयधरनीमा वितरण हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime