काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर बन्द भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ दशमलव ६० अंक घटेर २६२८ दशमलव २६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा १ दशमलव ६४ अंक घटेर २६२६ दशमलव ६१ विन्दुमा झरेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ० दशमलव ४५ अंक घटेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ३३ स्टकको ५८ पटकको कारोबारमा १५ लाख ११ हजार ६०४ रुपैयाँ २० पैसाबराबरको १ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्