Skip to content
Prabhu

सर्वाेत्तम सिमेन्टको साधारणसभा पुस २६ गते, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । सर्वात्तम सिमेन्ट लिमिटेडले पुस २६ गतेका लागि साधारण सभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते शुक्रबारका लागि वार्षिक साधारणसभा बोलाएको हो । सभा रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त साधारणसभाले लभांश प्रस्ताव सहितका अन्य विविध प्रस्तावहरु पारित गर्नेछ । कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्