Skip to content
Prabhu

एनआईसी एसिया बैंकको सहयोगमा बाला सुन्दरी विद्यालयको पुस्तकालय उद्घाटन

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरेको हो । उक्त बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरेको हो ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव र बैंकका तर्फबाट यस बैंकका मधेश प्रदेश–६ का प्रमुख शंकर ढकालज्यू र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सयभन्दा धेरै विद्यार्थी तथा शिक्षकरशिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भइसकेको बैंकले जनाएको छ ।

त्यसैगरी, मधेस प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको बैंकले जानकारी दिएको छ ।

बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal