Skip to content
Prabhu

डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षरोपण’

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डा. जेन गुडालको नेतृत्वमा ‘नेटिभ पकेट वृक्षरोपण’ कार्यक्रम सम्पन्न गरेको छ।

वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारका लागि प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ’रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रूखको ’नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

global
अर्घाखाँची सिमेन्ट

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा। जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे।

साथै उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरूको समेत सराहना गरे। २५० वटा रूखको नेटिभ पकेट वनको वृक्षरोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो।

यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्छ। यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्छ।

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो। यो पहल बैंकको गत महिना सम्पन्न नवौं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा –ख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ।

यस सहकार्यले वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र यस्ता सामूहिक पहलहरूको महत्त्वलाई उजागर गर्ने बताइएको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal