काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट कसुरमा १० करोड ७२ लाख ४ हजार ९ सय ३२ रुपयाँको माग दाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलाज वीरगञ्जमा मुद्दा दर्ता गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय पथलैया वाराले जनकपुर भन्सार कार्यालय अन्तरगत लग्मा जटही छोटी भन्सार कार्यालयबाट गत असोज ६ गते जाँस पास भएका एचआर३८जेड४११२ र एचआर३८एएफ०६३१ नम्बरको बालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको प्रज्ञापन पत्रमा घोषणा भए भन्दा फरक मालवस्तु फेला परेको थियो ।
ट्रकका चालकहरु भारत मधुवनीका महम्मद आलम र सुल्तानपुरका शेरबहादुर सिंह, नुवाकोटका अमृतकुमार श्रेष्ठ, लमजुङका महेन्द्र गुरुङ, गुल्मीका रुद्रप्रसाद श्रेष्ठ, छोटी भन्सारका भन्सार अधिकृत १ जना, नायब सुब्बा ३ जना, हरि आलेसमेत २५ जना पूर्वभारतीय गोर्खा सैनिकहरु समते ३४ जनाबिरुद्ध राजश्व चुहावट गरेको कसुरमा मुद्दा दर्ता भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (१) बमोजिम ५ करोड ३६ लाख बिगो कायाम गरेको छ । यस्तै ऐनको दफा २३ (१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम ५ करोड ३६ लाख गरी जम्मा रकम १० करोड बिगो माग दाबी गरेको छ ।







प्रतिक्रिया दिनुहोस्