Skip to content
Prabhu

मितेरी विकास बैंकको साधारणसभा पुस २७ गते

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पसु ४ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २७ गते शनिबारका लागि साधारणसभा बोलाएको हो ।

बैंकको १९ औँ वार्षिक साधारणसभा सुनसरीको धरान–१ स्थित सनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै खर्च अनुमोदन गर्ने, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ बैंकले पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal