काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुसर २९ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
सभा रुपन्देहीको बुटवलस्थित वेष्टर्ज एशियन होटलमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ । सभाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्ने, ३ जना सञ्चालक निर्वाचन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थाको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने र सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन र अन्य लघुवित्तसँग मर्जर सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्