काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्य १५ रुपैयाँले बढाएको हो ।
संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४ सय ८५ पुगेको छ । यस्तै ठूलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ रुपैयाँ थियो ।
चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्