Skip to content

गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आए पश्चात साधारणसभाले पास गरेपछि सेयरधनीलाई वितरण गरिने छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसाको ५ प्रतिशतले हुन आउने रकम २८ करोड ४० लाख २५ हजार ८६६ रुपैयाँ ३८ पैसा नगदा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्