काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा २० अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।
मंसिर मसान्तसम्म उद्योग विभागका अनुसार अटोमेटिक रुटबाट १ अर्ब १३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । ‘अप्रुभल रुट’ बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा केही बढी प्रतिबद्धता आएको देखिएको छ । गत आव मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।
यस वर्ष विभागका अनुसार मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १ सय ३८ र अप्रुभल रुटबाट १ सय ८१ उद्योग दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्