Skip to content

काठमाडौं महानगरपालिकाद्वारा भाटभटेनी सुपर मार्केटलाई २ लाख जरिवाना

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोको आधारमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो । अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरिवाना गराइएको हो ।

कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड घ र ङ बमोजिम कारबाही गरिएको हो । जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ।

कामपाले खाद्य स्वच्छता प्रबर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रबर्द्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime