Skip to content

के अमेरिकामा सरकारी कामकाज ठप्प हुन लागेको हो ?

nabil bank
एजेन्सी । अमेरिकामा सरकारी कामकाज बन्द हुनबाट रोक्नका लागि प्रयास सुरु भएका छन् । अमेरिकामा सटडाउन हुनबाट रोक्ने यो प्रक्रिया प्रत्येक पटक नयाँ सरकार निर्माणभन्दा अघि हुने गरेको छ ।
मंगलबार एक वित्तीय विल पारित गर्नका लागि वाइडेन सरकार पर्याप्त भोट हासिल गर्न असफल रह्यो । फलस्वरुप शुक्रबारपछि अमेरिकामा सरकारी कामकाज ठप्प हुने सम्भावना बढेको छ ।
रिपब्किन हाउस स्पिीकर माइक जनसनले शुक्रबारको दिन पूरा हुनुभन्दा अगाडि नयाँ फन्डिङ बिल पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकामा धेरै संघीय एजेन्सीहरू सरकारबाट प्राप्त हुने पैसामा निर्भर हुन्छन् । जुन कांग्रेसका सदस्यद्वारा पारित गरिन्छ । तर यदि कुनै वित्तीय विधेयकमा सहमति नबनेमा तिनीहरूले त्यो पैसा पाउँदैनन् ।
यस अवस्थामा, केही आवश्यक सेवाहरू जस्तै सीमा सुरक्षा, अस्पतालमा चिकित्सा हेरचाह, कानून कार्यान्वयन, र हवाई यातायात नियन्त्रण जस्ता सुविधाहरू जारी रहन्छन् । तर गैर–आवश्यक सेवाहरूलाई अस्थायी रूपमा बन्द गरिन्छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime